ताप्लेजुङका स्थानीय तहमा शुन्य देखि साढे छ प्रतिशत सम्म बेरुजु,कुनमा कति(सूची सहित)

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन २ । आर्थिक बर्ष २०७७।०७८ मा ताप्लेजुङका नौ स्थानीय तहमध्ये आठराई त्रिबेणी गाउँपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ ।

महालेखा परीक्षकको ५९ औं बार्षिक प्रतिबेदन अनुसार शुन्य बेरुजु बनाएर सिरिजङ्गा गाउँपालिका देशभरका उत्कृष्ट तीनभित्र परेको छ । आठराइ त्रिबेणी गाउँपालिको बेरुजु ६.४२ प्रतिशत रहेको मलेप प्रतिबेदनले औंलाएको छ । यसपछि मेरिङदेन गाउँपालिकाको बेरुजु ५.६१ प्रतिशत,फक्तालुङ गाउँपालिकाको बेरुजु ३.९० प्रतिशत र मिक्वाखोला गाउँपालिकाको बेरुजु ३.१७ प्रतिशत देखिएको । शुन्य बेरुजु रहेको सिरिजंगा पछि सबैभन्दा कम बेरुजु पाथीभरा याङवरक गाउँपालिकाको ०.१० प्रतिशत देखिएको छ । यस्तै सिदिङ्वा गाउँपालिकाको ०.१८ प्रतिशत,मैवाखोला गाउँपालिकाको ०.२७ प्रतिशत र फुङलिङ नगरपालिकाको ०.७२ प्रतिशत बेरुजु रहेको मलेप प्रतिबेदनमा उल्लेख गरिएको छ ।

२०७७।०७८ को मलेप प्रतिबेदन भन्नाले अघिल्लो कार्यकालमा रहेका जनप्रतिनिधि बहाल रहेको बेलाको अवस्थालाइ बुझाउँछ । प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गरेको,राख्नुपर्ने लेखा नराखेको,बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ । कूल बेरुजु अंकलाइ लेखा परीक्षण गरिएको अंकले भाग गरी सयले गुणन गर्दा अहिले कायम रहेको बेरुजु प्रतिशत आउँछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts