|

समिट लघुबित्तले मेवाराजालाइ दियो खानेपानी ट्याङ्की

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३१ । समिट लघु बित्त बित्तीय संस्था लिमिटेडको ताप्लेजुङ फुङलिङस्थित शाखाले फुङलिङ नगरपालिका वडा नं ८ स्थित मेवाराजा आधारभूत बिद्यालयलाइ खानेपानी ट्याङ्की प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत सो बिद्यालयका अध्ययनरत बिद्यार्थी,शिक्षक र अन्य सरोकारवालाई खानेपानीको सहजताका लागि एकहजार लिटर क्षमताको ट्याङ्की उपलब्ध गराएको समिटले जनाएको छ । समिट लघु बित्त बित्तीय संस्था लिमिटेडका ताप्लेजुङ शाखा प्रवन्धक टेकनाथ अधिकारीका अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत सो बिद्यालयमा बढी आवश्यकता देखिएको सामग्री बिद्यालयलाइ हस्तान्तरण गरिएको हो । फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवारको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे,शिक्षक अभिभावक संघका अध्यक्ष हर्कराज सुनुवार,प्रधानाध्यापक मानबहादुर पालुङ्वा लगायतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गर्ने तथा सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts