एमाले केन्द्रीय सल्लाहकार परिषद्मा ताप्लेजुङबाट समेटिए चारजना

ताप्लेजुङ,असार २७ । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्माा ताप्लेजुङबाट चारजना अटाउनु भएको छ ।

अमृतकुमार बोहोरा नेतृत्वको केन्द्रीय सल्लाहकार समितिलाइ पूर्णता दिदै एमालेले ताप्लेजुङबाट पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा सहित चारजनालाइ सल्लाहकार परिषद् सदस्य बनाएको छ । ताप्लेजुङबाट पूर्व सांसद ओमप्रकाश ओझा,पुराना कम्युनिष्ट कार्यकर्ताद्धय टंकप्रसाद तिमल्सिना र लक्ष्मीप्रसाद यक्सो सल्लाहकार परिषद् सदस्य हुनु भएको छ ।

एमाले केन्द्रीय सचिवालय बैठकले बोहोराको नेतृत्वमा तीन सय छ जनाको केन्द्रीय सल्लाहकार परिषद् बनाएको छ । सल्लाहकार परिषद्मा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका भाई बिजयलाल श्रेष्ठ देखि एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीका छोरा प्रकाश अधिकारी सम्मलाइ समेटेको छ ।

Similar Posts