भाव सागर इन्टरटेन्टमेन्टको नयाँ प्रस्तुति‘आँखा भरी सपना छ’बोलको म्युजिक भिडियो रिलिज

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २७ । मातृभूमीप्रति सर्मपित रहँदै भाव सागर इन्टरटेन्टमेन्टको नयाँ प्रस्तुति‘आँखा भरी सपना छ’बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

अमेरिकामा बसोबास गर्दै आउनु भएकी बरिष्ठ गीतकार तथा कवयत्री अम्बिका गुरुङले मातृभूमी नेपालप्रतिको स्नेह पोख्दै गीत संगितमार्फत नेपाल र नेपालीलाइ चिनाउन यो म्युजिक भिडियो अघि सार्नु भएको छ । भाव सागर उहाँको आफ्नै च्यानल हो ।‘मैले यो यात्रालाइ आर्थिक होइन,परदेशी नेपाली र स्वदेशी नेपाली बीचको भातृत्व र एकताको कोशेलीको रुपमा लिएको छु’अम्बिकाले सामाजिक सञ्जालमार्फत भन्नु भएको छ । उहाँकै रचना रहेको गीतमा शंखर थापा‘स्माइल’को संगित र संदेश रुचालको संगित संयोजन रहेको छ । स्टुडियो फिलका कुमार केसीको रेर्कडिङ र सोहि स्टुडियोका अशोक मर्हजनको मिक्स मास्टरिङमा तयार भएको म्युजिक भिडियो लोकप्रिय बन्दै गइरहेको गीत संगितका पारखीहरुले प्रतिक्रिया दिन थालेका छन् ।

गायक तथा इञ्जिनियर वीरेन्द्र श्रेष्ठले म्युजिक भिडियो प्रेमिल कथाबाट सुरु भएपनि यसको सन्देश नेपाल र नेपालीको मन जोड्ने प्रकृतिको रहेको प्रतिक्रिया दिनुभयो । हरेक म्युजिक भिडियोमा नयाँपन दिन सिपालु मानिनुहुने निशान घिमिरेको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा निशान पुन र ममता घिमिरेले जीवन्त अभियन गर्नु भएको छ । म्युजिक भिडियोका लागि महेश हुमागाँइले क्यामेरा चलाउनु भएको छ भने सन्तोष राजवाहकले कोरियोग्राफी गर्नु भएको छ । उहाँ म्युजिक भिडियोमा सहनिर्देशकको भूमिकामा समेत रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts