|

बार्षिक समिक्षा संगै ईसिडिएफ र सुआहाराद्धारा ताप्लेजुङका जनप्रतिनिधिलाइ सम्मान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २५ । वातावरण संरक्षण तथा विकास मञ्च(ईसिडिएफ) र सुआहारा(दोस्रो)कार्यक्रमले बार्षिक समिक्षाकासाथ स्थानीय तहमा निर्वाचित प्रमुखहरुलाइ सम्मान गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा सहित फुङलिङ नगरपालिका र ८ वटै गाउँपालिकाका अध्यक्षहरुलाइ बधाइ तथा सम्मानपत्र अर्पण गरेको ईसिडिएफ ताप्लेजुङका अध्यक्ष खड्गबिक्रम सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार समन्वय प्रमुख लामा सहित मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम,आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन) र मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरिएको छ ।

फुङलिङ नगरप्रमुख र अन्य गाउँपालिका अध्यक्षहरुलाई अनुकुल समय पारेर सम्मानपत्र हस्तान्तरण गरिने ईसिडिएफले जनाएको छ । यस्तै सुआहारा(दोस्रो)कार्यक्रमको बार्षिक प्रगति र अवस्थाका बारेमा वातावरण संरक्षण तथा विकास मञ्च(ईसिडिएफ) र सुआहारा(दोस्रो)कार्यक्रमका फिल्ड कोअर्डिनेटर मनप्रसाद नाल्बोले जानकारी गराउनुभयो ।

कार्यक्रममा मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा सहित सुआहारा(दोस्रो) कार्यक्रममा कृषि संयोजक इश्वरभक्त घिमिरे,पोषण अधिकृत जगदीस दास सहित ईसिडिएफका पदाधिकारी तथा सदस्य,कार्यक्रम निर्देशक र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । मानव अधिकार मञ्च इलामको साझेदारी तथा जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा यो कार्यक्रम गरिएको ईसिडिएफका दीपेन्द्र सुबेदीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts