| |

पापुङका किसानलाई उन्नत जातको भैंसी वितरण

अरुलाई पनि शेयर गरौ !

टीका यक्सो लिम्बू
ताप्लेजुङ, असार २० ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले दुर्गम गाउँ पापुङका किसानलाई उन्नत जातको भैंसी वितरण गरेको छ । गाउँपालिकाले शुद्ध दूध उपभोग साथै किसानको आयआर्जन वृद्धि गर्नमा सहयोग पु¥याउने उद्देश्यले किसानलाई उन्नत जातको भैंसी वितरण गरेको हो ।
जिल्लाकै एक दुर्गम गाउँको रुपमा रहेको मिक्वाखोला गाउँपालिका–५ पापुङका किसानलाई आइतबार उन्नत जातको भैंसी वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डण्डु लामा र प्रमुख प्रशासकीय अधिकृत युनिक राई लगायतको उपस्थितिमा पापुङका किसानलाई भैंसी वितरण गरिएको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को बजेटबाट गाउँपालिकाले उन्नत जातको भैंसी खरिद कार्यक्रमका लागि १७ लाख रुपियाँ रकम विनियोजन गरेको थियो । सोही रकमले उन्नत जातको भैंसी खरिद गरी पापुङका ३० जना किसानलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार यसपटक भैंसी प्राप्त गर्न छुटेका किसानलाई आगामी आवमा वितरण गर्ने गाउँपालिकाको योजना रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts