ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका अधिकाँस स्थानमा नमस्ते मोवाइलको नेटवर्क अबरुद्ध

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १३ । ताप्लेजुङकाको सिरिजंगा गाउँपालिकाका अधिकाँस स्थानमा नेपाल टेलिकम सेवा प्रदायक रही सञ्चालित नमस्ते मोवाइलको नेटवर्क करिव ४ दिनबाटअबरुद्ध भएको छ ।

सिरिजंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम गुरुङले असार १० गतेबाट नमस्ते मोवाइलको नेटवर्क अवरुद्ध भएको र अहिले सम्म सञ्चालन हुन नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सिरिजंगा गाउँपालिका वडा नं ८ याम्फुदिन,वडा नं ७ खेवाङ र वडा नं ६ मामाङ्खेका अधिकाँस स्थानमा नमस्ते मोवाइलको नेटवर्क अबरुद्ध भएको छ । मोवाइल सेवा अबरुद्ध हुँदा सेवाग्राही प्रत्यक्ष मारमा परेको उहाँले जानकारी दिनुभयो । सो क्षेत्रमा यसपटक बाढी र पहिरोले बित्यास समेत गरेको छ । गुरुङले याम्फुदिनमा सञ्चालित एक हाइड्रो कम्पनीको कार्यालयमा पुगेर आफुले यो जानकारी दिन भ्याएको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts