माधवकुमार नेपालको दैनिक दबाब र असहयोगले निर्वाचित अखिलको अध्यक्ष पद त्यागेको थिएँ ः भट्टराई

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १३ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले तत्कालिन पार्टी महासचिव माधवकुमार नेपालको दैनिक दबाब र असहयोगका कारण आफुले तत्कालिन अवस्थामा अनेरास्वबियुको अध्यक्ष पद त्याग्नु परेको स्मरण गर्नु भएको छ ।

सोमवार बिहान काठमाण्डौबाट धनगढी यात्रामा निस्कने क्रममा तयार भएको छोटो स्मरण भन्दै उहाँले सामाजिक सञ्जालमा‘कमरेड माधव नेपाल र म’भन्ने स्टाटस लेख्नु भएको छ । त्यहाँ उहाँले २०६३ सालमा आफु राष्ट्रिय सम्मेलनबाट अध्यक्ष चुनिएपनि तत्कालिन पार्टी महासचिव नेपाल र आफुबीच उत्पन्न भएको समस्याका कारण आफुमाथि नेपालले बढाएको अनावश्यक दबाबका कारण आफुले अखिलको अध्यक्ष पद छाडेको उल्लेख गर्नु भएको छ । ताप्लेजुङबाट २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित उनले माधवकुमार नेपालले आफुहरुमाथि पटकपटक भद्दा र असिष्ट टिप्पणी गर्ने गरेको भएपनि आफुहरुले त्यसलाइ वास्त नगरेको भन्नु भएको छ । केहिदिन अघि फेरी तल्लो स्तरमा झरेर नेपालले अपमानजनक टिप्पणी गरेको र त्यसको जवाफ फर्काउँदा समाजबादीहरुको चित्त दुखेको दावी गर्दै नेता भट्टराईले आफ्नो मनशाय कसैको चित्त दुखाउनु नभएको उल्लेख गर्नु भएको छ ।

भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएको स्टाटस जस्ताको तस्तै

कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा

१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

२. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।

३. नेकपा एमालेको पाँचौ महाधिवेशन ( २०४९ ) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ ।

४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।

५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।

६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।

७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।

८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।

९. नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।

पुनश्च: कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होईन ।

२०७९ असार १३ गते बिहान काठमान्डौ- धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts