फरवाड लघुबित्त ताप्लेजुङद्धारा स्थापना दिवसमा वृक्षरोपण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १२ । स्थापनाको ११ बर्ष पूरा भई १२ बर्ष प्रवेश गरेको अवसरमा फरवाड माइक्रोफाइनान्स लघु बित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले वृक्षरोपण गरेको छ ।

हरेक बर्षको असार १२ गतेलाइ फरवाडले आफ्नो स्थापना दिवस मान्छ । फुङलिङ नगपालिका वडा नं ६ स्थित बाँजोगरा आधारभूत सामुदायिक बिद्यालय परिसरमा एभोकाँड,कागति र सल्ला प्रजातिका १२ वटा बिरुवा रोपिएको फरवाड माइक्रोफाइनान्स लघु बित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक युवराज खतिवडाले जानकारी दिनुभयो । फुङलिङ नगरसभाका सदस्य समेत रहेका सो बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष जयप्रकाश लिम्बूले फरवाड माइक्रोफाइनान्स लघु बित्त बित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गरी बिद्यालय परिसरमा फलफुल र सल्ला प्रजातिका बिरुवा रोपण गरेको प्रसन्नता व्यक्त गर्नुभयो । बिद्यालयका प्रधानाध्यापक खड्गबहादुर थापाले बिद्यालय परिसरमा रोपिएका बिरुवा हुर्काउने बढाउने दायित्व अब बिद्यालयको हुने बताउनुभयो । बिरुवालाइ तारजाली समेतले बेरेर सुरक्षित गरिएकोले यसको संरक्षणका लागि बिद्यालयले बिशेष ध्यान पु¥याउने प्रअ थापाको भनाइ थियो ।

फरवाड माइक्रोफाइनान्स लघु बित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखा प्रवन्धक खतिवडाका अनुसार ताप्लेजुङमा फरवार्डको शाखा २०६७ सालमा स्थापना भएको हो । फरवार्डले यहाँका २ हजार ३ सय बढी सदस्यलाइ समेटेको खतिवडाले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंकबाट‘घ’वर्गको इजाजत प्राप्त फरवाड माइक्रोफाइनान्स लघु बित्त बित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्था हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.१३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २४.६४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८४.६३ प्रतिशत बढेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts