पाथीभरा याङ्वरकको बजेट ४८ करोड बढीको

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १० । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि करिव साढे ४८ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।

पालिका उपाध्यक्ष रनमाया गुरुङले आगामी आवका लागि ४८ करोड ३७ लाख ३७ हजार २ सय ९० रुपैंया बराबरको बजेट प्रस्तुत गर्नु भएको छ । प्रस्तुत बजेट अनुसार गाउँपालिकाका लागि १९ करोड ८४ लाख ३९ हजार २ सय ९० रुपैंया रहेको छ । यो शर्सत,समपुरक तथा बिशेष अनुदान बाहेकको रकम हो । यस्तै पालिका भित्रका ६ वटा वडामध्ये वडा नं १ लाइ ७० लाख,वडा नं २ र वडा नं ६ लाइ ६०–६० लाख,वडा नं ३ लाइ ५० लाख र वडा नं ३ र ४ लाइ ४५–४५ लाख रुपैंया गरी जम्मा ३ करोड ३० लाख रकम बिनियोजन भएको छ । यस्तै स्वास्थ्य शाखा शर्सत अनुदान चालूतर्फ ३ करोड ४ लाख र बित्तीय समानीकरण ८८ लाख रुपैंया गरी ३ करोड ९२ लाख रुपैंया बिनियोजन भएको छ । शिक्षा,युवा तथा खेलकुद शाखातर्फ सर्शत अनुदान १२ करोड २४ लाख र बित्तीय समानीकरणतर्फ १ करोड २४ लाख ९० हजार बिनियोजन गरिएकोमध्ये शिक्षातर्फ ९७ लाख ९० हजार र खेलकुदतर्फ ४६ लाख गरी जम्मा १३ करोड ६७ लाख ९० हजार रुपैंया बिनियोजन भएको छ । कृषि शाखा अन्र्तगत सर्शत अनुदान चालूतर्फ ४० लाख तथा बित्तीय समानीकरणतर्फ ५५ लाख ५० हजार गरी ९५ लाख ९० हजार बिनियोजन भएको छ ।

यस्तै पशु सेवा शाखालाइ ३८ लाख ३५ हजार बिनियोजन भएको छ । महिला,बालबालिका र जेष्ठ नागरिकतर्फ २० लाख,लघु उद्यम विकास कार्यक्रमका लागि ३० लाख,राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाइ १० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७० लाख बिनियोजन भएको छ । यस्तै शर्सत अनुदान पुँजीगततर्फ प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ ३ लाख,स्वास्थ्य शाखालाइ ४ लाख,राष्ट्रिय ग्रामीण तथा नविकरणीय उर्जा कार्यक्रमलाइ १० लाख बिनियोजन भएको छ । वडा नं २ र वडा नं ४ जोड्ने फावाखोला मोटरेवल पुलका लागि १ करोड बिनियोजन भएको छ । सेरुपा झोलुङ्गे पुलका लागि ३ लाख,वडा नं २ को खेलकुद पूर्वाधारका लागि ८ लाख,प्रमुख प्रशासकीय भवनका लागि १ करोड ५० लाख र वडा नं २ र वडा नं ५ जोड्ने फावाखोला मोटरेबल पुलका लागि ५० लाख बिनियोजन भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts