|

जिल्ला भलिबल संघ ताप्लेजुङमा भण्डारी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार ८ ।
ताप्लेजुङस्थित जिल्ला भलिबल संघको अध्यक्षमा बिमल भण्डारी चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा मंगलबार सम्पन्न संघको पाँचौ जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा प्रेमाहित लिम्बू, महासचिवमा अशोक आङ्बुहाङ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा गिरीराज श्रेष्ठ, दुर्गाराज लिम्बू, दावानुपु शेर्पा, दिलेन्द्र राई र दिलु फुरुम्बो चयन हुनुभएको छ ।
संघकाअनुसार कार्यसमितिको कोषाध्यक्षसहित पाँचजना पछि मनोनित हुने व्यवस्था रहेको छ । पाँच जनामध्ये दुई सदस्य जिल्ला खेलकुद विकास समितिले र बाँकी तीनजना निर्वाचित कार्यसमितिले मनोनित गर्ने छ । कार्यसमितिको कार्यअवधि भने चार वर्षको हुने बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts