|

भारतीय सेनाबाट सेवा निबृतिभरण पाउने सदस्य र परिवारसंग पिपोओ धरानद्धारा साक्षात्कार

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १ । सेवा निवृत्तिभरण बितरण केन्द्र(पेन्सन पेइङ अफिस)(पिपिओ) धरानबाट आएको टोलीले इण्डियन वेल्फेयर सेन्टर ताप्लेजुङमा आफ्ना सेवाग्राहीहरुका नीतिगत समस्या बुझ्ने र तत्काल गर्न सकिने समस्या समाधान गरेको छ ।

मेजर भरत कानोजियाको नेतृत्वमा आएको टोलीले पूर्व भारतीय सेनमा कार्यरत रही सेवानिवृत भइसकेकाहरुको पेन्सन कागजातका समस्या निवारणका उपाय बारे बताएको हो । सो अवसरमा जीवित प्रमाणपत्र समेतको प्रकृया र पद्धतिबारे पनि जानकारी प्रेषित गरिएको इण्डियन वेल्फेयर सेन्टर ताप्लेजुङका प्रमुख ताराप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो अवसरमा सेवा निवृत्तिभरण बितरण केन्द्र धरानको टोलीले सेवा निवृत्त सदस्य तथा उहाँका परिवारलाइ सेवा प्राप्तिको क्रममा हुने गइरहेका र भइरहेका समस्या राख्न आग्रह गरेको थियो ।‘एकाध कागजातका प्रकृया कसरी बुझाउने भन्ने बाहेक अरु सबै बिषयमा सेवाग्राहीले सेवा प्रदायकबाट राम्रो सहयोग पाइरहेका छौं भन्नुभएको छ ’श्रेष्ठले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts