ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एसका लामा निर्वाचित,उपप्रमुखमा काँग्रेसका उम्मेदवार निर्विरोध

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ३१ । जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुख पदमा गठबन्धनतर्फ नेकपा एसका छिरिङ लामा बिजयी हुनु भएको छ ।

कूल १८ मतदातामध्ये १० मत प्राप्त गरेर उहाँ बिजयी हुनु भएको हो । निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत ल्याउनुभयो । ९ स्थानीय तह रहेको गठबन्धनतर्फ नेपाली काँग्रेसका ६,माओवादीका ५ र नेकपा एसका १ मतदाता रहनु भएको थियो । एमालेका ६ मतदाता हुनुहुन्थ्यो । गठबन्धनतर्फको २ मत एमाले उम्मेदवार मादेनको पक्षमा गएको छ । समन्वय समितिको उपप्रमुखमा नेपाली काँग्रेसका कृष्णप्रसाद लिङखिम लिम्बू निर्विरोध निर्वाचत भइसक्नु भएको छ । जिल्ला समन्वय समितिका ७ जना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित हुनु भएको छ ।

दलित वा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका सन्तोष राई,महिलातर्फ काँग्रेसका चन्द्रकला दाहाल,सविता लिङदेन र हेमन्ता पौडेल तथा सदस्यमा नेकपा एसका रवीन्द्रकुमार वनेम,माओवादी केन्द्रका भूपाल मादेन र काँग्रेसका बिष्णुप्रसाद तिवारी निर्वाचित हुनु भएको मतदान अधिकृत मुक्तिनाथ सुबेदीले जानकारी दिनुभयो । सदस्यमा निर्वाचित सबैले समान १२–१२ मत प्राप्त गर्नुभयो । वनेम काँग्रेसका भएपनि स्थानीय तहको निर्वाचनमा उहाँ कलम चिन्हबाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । गठबन्धन दलहरुबीच नेकपा माओवादी केन्द्रले समन्वय प्रमुख र नेकपा एसले उपप्रमुख पाउने सहमति बनेपनि माओवादी केन्द्रबीचको आन्तरिक द्धन्दका कारण मनोनयनको दिन समीकरण बद्लिएर नेकपा एसले प्रमुख र काँग्रेसले उपप्रमुख पाउने सहमति बनेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts