खुल्ला कविता प्रतियोगिता चुँडाल प्रथम

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २९ । जेठ २६ गते देखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी ५ दिने औद्योगिक तथा पर्यटन महोत्सवका अवसरमा आयोजित खुल्ला कविता प्रतियोगितामा आठराइ त्रिबेणी गाउँपालिकाका लक्ष्मी चुँडाल प्रथम हुनु भएको छ ।

प्रतियोगितामा इलामका उषा निरौला द्धितिय,सुदुरपश्चिम कञ्चनपुरका प्रसान्त लेखक तृतीय र फुङलिङस्थित लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलमा अध्यनरत ९ बर्षिय मिराक लिम्बू सान्त्वना हुनु भएको कविता प्रतियोगिताको संयोजन गर्ने संस्था कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगी र अप्रतियोगी गरी करिव डेढ दर्जन कविता बाचन गरिएका थिए ।

चन्द्र मादेन‘आन्छन्’माधव पोखरेल‘गोज्याङ्ग्रे’र भरत गुरुङ गरी ३ सदस्यीय निर्णायक मण्डलबाट प्रतियोगी कविताको मूल्याङ्न गरिएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो । महासंघको आयोजनामा २६ गतेबाट जारी औद्योगिक तथा पर्यटन महोत्सव ३० गते सोमवार सकिने छ । महोत्सवमा बिभिन्न कार्यक्रम जारी छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts