केन्द्रीय अध्यक्ष शेर्पाको उपस्थितिमा नेविसंघ ताप्लेजुङले मनायो विश्व वातावरण दिवस

ताप्लेजुङ,जेठ २२ । नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको उपस्थितिमा ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा आइतवार विश्व वातावरण दिवस मनाइएको छ ।
नेविसंघको ताप्लेजुङ जिल्ला कार्य समितिको आयोजनामा क्याम्पस हाताभित्र सरसफाइ र वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाइएको नेविसंघका जिल्ला कार्य समिति लोकेश लङ्वाले जानकारी दिनुभयो । हरेक बर्षको जुन ५ तारेखका दिन यो विश्वभर यो दिवस मनाइन्छ । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,जिल्ला कार्य समिति सचिव समेत रहनु भएका मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाँगवीर(डम्बर)हाङगाम,नेपाली काँग्रेस प्रदेश १(ख)का सभापति खगेनसिंह हाङ्गाम सहितको उपस्थिति रहेको थियो ।