एमाले ताप्लेजुङद्धारा पार्टीकातर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाइ स्वागत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २२ । नेकपा एमाले ताप्लेजुङले पार्टीकोतर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा जनप्रनितिधिको रुपमा खेल्नुपर्ने रचनात्मक भूमिकाका बारेमा जाानकारी गराएको छ ।

पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको उपस्थितिमा एमालेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत गरेको हो । एमाले जिल्ला कमिटी उपसचिव मणिशंकर पोमूले नवनिर्वाचित जनप्रनितिधिहरुलाइ बधाइ सहित जनताका साझा आवश्यकताको सम्बोधनमा केन्द्रित रहेर कार्य सम्पादन गर्न पार्टीले आग्रह गरेको जानकारी दिनुभयो । कार्यक्रममा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित अध्यक्ष,उपप्रमुख÷उपाध्यक्ष,वडाअध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य सहितको सहभागिता रहेको छ । एमाले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ ईञ्चार्ज तिलकुमार मेन्याङ्वो,केन्द्रीय सदस्य तथा जिल्ला कमिटी सहइञ्चार्ज उर्मिला थेबे,जिल्ला अध्यक्ष भूपेन्द्र थेबे सहितका जिल्ला कमिटीका पदाधिकारी,प्रदेश कमिटीका सदस्यहरु,जिल्ला सचिवालय सदस्य एवम् जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको एमालेले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts