सोबुवाखोलाको कालिदहमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १७ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङ्पाङ र वडा नं ५ को चाँगेको सीमानामा पर्ने सबुवाखोलाको कालीदहमा पौडीखेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईका अनुसार मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका वडा नं ५ थुकिमाका निमा शेर्पाका २० बर्षिय छोरा ङिमा शेर्पा रहेका छन् । शव पोष्टमार्टम पछि आफन्तलाइ जिम्मा लगाइएको समेत प्रहरीले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts