बाख्रा चराउने क्रममा भीरबाट लडेर ताप्लेजुङको थेचम्बुमा एकजनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १४ । बाख्रा चराउने क्रममा भीरबाट लडेर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ थेचम्बुका ६७ बर्षिय जयप्रकाश तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) कैलाश राईले स्थानीय लोेकक भीरमा बाख्रा चराउने क्रममा भीरबाट लडेर तामाङको मृत्यु भएको जानकारी दिनुभयो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts