फुङलिङ नगर कार्यपालिकाको ८ पदका लागि १६ जनाको उम्मेदवारी दर्ता

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ८ । ताप्लेजुङको फुङलिङ नगर कार्यपालिकाको ८ पदमा लागि १६ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले मनोनयन दर्ताको अवधि सम्ममा १६ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यपालिका सदस्यका लागि आइतवार अपरान्ह २ बजे देखि ५ बजे सम्म मनोनयन दर्ताको समय तोकेको थियो । बाँस्तोलाका अनुसार निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ५ सदस्यका लागि गठबन्धनतर्फ बिनिता राई(माओवादी केन्द्र),सीता नेपाल(काँग्रेस),कमला खत्री(काँग्रेस),सविना मादेन(काँग्रेस) र भीमकला दर्जी(काँग्रेस)बाट उम्मेदवारी दर्ता भएको छ । मतदाता भित्रका दलित वा अल्पसंख्यकबाट कार्यपालिकामा जाने ३ पदका लागि गठबन्धनतर्फ दिनेश खवास(काँग्रेस),गंगाराम शंकर (माओवादी केन्द्र) र साङ्गे पाल्देन शेर्पा(माओवादी केन्द्र) को उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने कार्यपालिका सदस्यका लागि एमालेबाट शान्ता मादेन राई,बबिता बिक,मीना आचार्य बराल,रीता दर्नाल र गंगा दर्नालको उम्मेदवारी परेको छ । एमालेले मतदाता भित्रका दलित वा अल्पसंख्यकमध्येबाट कार्यपालिकामा जाने ३ पदका लागि शान्तकुमार सुनुवार,दुकुमार शेर्पा र लालुमाया सार्कीको उम्मेदवारी दर्ता गरेको छ । स्थानीय तहमा कार्यपालिका अन्तर्गत गाउँपालिकामा गाउँ कार्यपालिका र नगरपालिकामा नगर कार्यपालिका हुन्छन् । गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने जिम्मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको हुन्छ । नगरमा नगरप्रमुख र गाउँपालिकामा अध्यक्षको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुन्छ । जसमा उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष,निर्वाचित महिला सदस्य भित्रबाट नगरपालिकाको हकमा ५ जना र गाउँपालिकाको हकमा ४ महिला सदस्य र सम्वन्धित स्थानीय तहको मतदाताभित्रबाट दलित वा अल्पसंख्यकमध्ये नगरपालिकामा ३ र गाउँपालिकामा २ जना कार्यपालिका सदस्य चयन हुनेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts