सुशासन सहितको दिगो विकास उच्च प्राथमिकतामा ः नगरप्रमुख मादेन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ६ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले सुशासन सहितको दिगो विकास आफ्नो प्रमुख प्राथमिकतामा पर्ने बताउनु भएको छ । नगर क्षेत्रका सडकको स्तरोन्नती,शैक्षिक क्षेत्रको व्यवस्थापन र पाथीभरा क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्र्याउन वातावरण बनाउने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको मादेनले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतबाट शपथ ग्रहण गरेलगत्तै नगरपालिकाको कार्यालयमा पुगी पदभार ग्रहण गर्दै मादेनले नगरवासीले चाहेजस्तो नगर बनाउन आफुले मेहनेत लगाउने बताउनुभयो । उहाँले जनताल चाहेको काम छिटोछरितो ढंगले प्रवाह होस् भन्ने आफुले चाहेको बताउँदै कर्मचारी प्रशासनबाट यस कार्यमा कुनै कञ्जुस्याँइ नहुने बिश्वास लिनुभयो । शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पूर्वाधार विकासलाइ केन्द्रमा राखेर आफुले काम गर्ने उहाँको भनाइ थियो ।
मादेनले सुशासन सहितको दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबैसंग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताउनुभयो । उहाँले कर्मचारी संयन्त्रबाट हुने सेवा प्रवाह चुस्त,व्यवस्थित,सहज रजनमुखदी तवरले हुने बिश्वास राख्दै आफु यस कार्यको सहजीकरणका लागि तयार रहेको दोहो¥याउनुभयो । नगरप्रमुख मादेनलाइ फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल नेतृत्वको प्रशासकीय टोलीले स्वागत गरेको थियो ।