ताप्लेजुङका दुई पालिकाको नतिजा सार्वजनिक,प्रमुख पदमा फक्ताङलुङमा माओवादी र मेरिङदेनमा काग्रेस बिजयी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २ । ताप्लेजुङका दुई गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू(मुक्ति)निर्वाचित हुनु भएको छ । लिम्बू २ हजार ६ सय ६० मत ल्याई विजयी हुनुभयो । उहाँले निकटतम प्रतिद्वन्द्वी निवर्तनमान पालिका अध्यक्ष समेत रहनु भएका नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बूलाई ३ सय ४८ मतान्तरले पराजित गर्नुभयो । पराजित सरोज लिम्बूले २ हजार ३ सय १२ मत ल्याउनुभयो । उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बू निर्वाचित हुनुभयो । उहाँले २ हजार ३ सय ५८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी शान्तिमाया लिम्बू (पौडेल) ले २ हजार २ सय १२ मत ल्याउनुभयो । त्यहाँ अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसले पाउने गरी गठबन्धन थियो । यता, मेरिङ्देन गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका जिल्ला सचिव समेत रहनु भएका युकहांवीर(डम्बर)हाङगाम २ हजार ८ सय ६९ मतसहित अध्यक्षमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत ल्याउनु भएको छ । उहाँ ९९ मतले पराजित हुनुभयो । उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङचोङ्गवाङ २ हजार ५ सय ९८ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँलाई एमालेको समर्थन रहेका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले चुनौती दिनु भएको थियो । शेर्पा १ हजार ६ सय ५७ मतमै समेटिनुभयो । त्यहाँ अध्यक्ष काँग्रेस र उपाध्यक्ष नेकपा एसले पाउने सहमति थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts