| |

फक्ताङ्लुङ गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का राजन लिम्बू (मुक्ति) विजयी हुनुभएको छ । यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका रविन साम्रा निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा रहनुभएका लिम्बूले २६६० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सरोज एभेङले २३१२ मत मात्र प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर ३४८ रहेको छ ।
यस्तै उपाध्यक्ष पदमा २३५८ मत ल्याएर साम्रा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिमाया लिम्बू पौडेलले २२१२ मत प्राप्त गर्नुभएको छ । साम्राले १४६ मतान्तरले पौडेललाई पराजित गर्नुभएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts