| |

ताप्लेजुङमा नेकपा एसले खाता खोल्यो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका २ मा नेकपा (एकीकृत समाजवादी) ले विजयी हासिल गरेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका मोहन न्यौपाने वडाध्यक्षमा विजयी बन्नुभएको हो ।
दोस्रो कार्यकालका लागि न्यौपानेको जितसँगै एकीकृत समाजवादीले ताप्लेजुङमा खाता खोलेको हो । उहाँ ३७६ मतका साथ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तुलसी पौडेलले २६७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त वडामा अन्य चारजना सदस्य भने नेकपा एमालेका उम्मेदवार विजयी बन्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts