सिदिङ्वामा सत्ता र एमाले गठबन्धन प्रतिस्पर्धामा
–उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सत्ता गठबन्धन र एमाले गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणामअनुसार अध्यक्ष पदमा एमाले र उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
स्थानीय सञ्चारकर्मी ओमेन्सा राईकाअनुसार सिदिङ्वा गाउँपालिका २ सादेवाको १०० मतको परिणाम सार्वजनिक हुँदा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार मानबहादुर राईले ६४४ मतका अग्रता लिनुभएको छ । काँग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार प्रदिप राईले ४५३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया (बन्दना) ले ५५५ मत र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले ४६२ मत पाउनुभएको छ । अध्यक्ष पदमा १९१ र उपाध्यक्ष पदमा ९३ को मतान्तर देखिएको छ । सिदिङ्वा गाउँपालिका १ कालिखोला र वडा ७ सुरुम्खिमको मत गणना सम्पन्न भइसकेको छ भने आहिले सादेवाको गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।