प्रतिश्पर्धा भएका ताप्लेजुङका ६० वडामध्ये १५ वडाको परिणाम आयो,पहिलाको बिरासत भत्काएर नयाँ परिमाण लिने क्रममा दलहरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १ । ताप्लेजुङका वडा तहको निर्वाचन परिणामले अधिकाँस स्थानमा दलहरुको पुरानो बर्चश्व भत्किएर नयाँ कायम भएको देखिएको छ । यसअघि एमालेले जितेको स्थानमा काँग्रेस–माआवादी हावी भएका छन् भने काँग्रेसले जितेका स्थानमा एमाले बर्चश्व कायम गरेको देखाएको छ ।

एमालेले यसअघिबाट लगातार जितेको फुङ्लिङ नगरपालिका वडा नं १ र वडा नं १० गुमाएको छ । अरु सबै सदस्य एमालेका उम्मेदवार बिजयी बन्दा फुङ्लिङ वडा नं १ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार रुद्र मादेन वडाध्यक्षमा निर्वाचित हुनु भएको छ । एमालेले लगातार जितेको फुङ्लिङ नगरपालिका वडा नं १० यसपटक गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार सुरेश लिम्बू बिजयी हुनु भएको छ । उहाँले निवर्तमान वडाध्यक्ष गमबहादुर फुरुम्बुलाइ हराउनुभयो । यस्तै काँग्रेसले जितेको मिक्वाखोला गाउँपालिका वडा नं १ मा एमालेले जितेको छ । त्यहाँ काँग्रेस उम्मेदवार तथा निवर्तमान वडाध्यक्ष अमृत लिम्बूलाइ एमाले उम्मेदवार राम लिम्बूले पराजित गर्नुभयो । यस्तै यसअघि काँग्रेसले जितेको मेरिङदेन गाउँपालिका वडा नं ५ थुकिमामा एमालेले जितेको छ । त्यहाँ एमालेका जसमान केदेम वडाध्यक्षमा निर्वाचित हुनुभयो । उता मैवाखोला गाउँपालिका वडा नं ५ मा यसअघि एमालेले जितेको स्थानमा माओवादी केन्द्रका केशर लिम्बू बिजयी हुनु भएको छ ।

एमाले उम्मेदवार तथा यसअघिका वडाध्यक्ष कूलप्रसाद लिम्बू पराजित हुनुभयो । यस्तै एमालेबाट मेरिङदेन ६ नाल्बुमा मनोज तुम्बाहाम्फे,मेरिङदेन गाउँपालिका वडा नं १ थिङलाबुमा सबिन लिम्बू,मेरिङदेन गाउँपालिका वडा नं ५ थुकिमामा एमाले उम्मेदवार जसमान केदेम बिजयी हुनु भएको छ । त्यहाँ पहिले नेपाली काँग्रेसले जितेको थियो । मैवाखोला गाउँपालिका वडा नं ६ फाबकुम्बामा राजुमान थोप्रा,आठराइ त्रिबेणी गाउँपालिका वडा नं ४ मा अर्जुन लिम्बू,सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनाममा सिंहबहादुर इवाराम, र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङमा एमाले उम्मेदवार दिलकुमार सुनुवार बिजयी हुनुभयो ।

माओवादी केन्द्रकातर्फबाट फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिनमा यज्ञ लिम्बू,मैवाखोला ५ मा केशर लिम्बू,आठराइ त्रिबेणी ५ मा ललित राई,फुङलिङ नगरपालिका वडा नं ११ मा युवराज(योगेश)भट्टराई र फुङ्लिङ नगरपालिका वडा नं १० मा सुरेश लिम्बू वडाध्यक्षमा निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेसकोतर्फबाट फुङ्लिङ नगरपालिका वडा नं १ मा रुद्र मादेन र सिदिङ्वा गाउँपालिका वडा नं ७ मा लक्षुमन तामाङ वडाध्यक्षमा निर्वाचित भएका छन् । फुनपा १ मा एमालेका पृथ्वी मादेन र सिदिङ्वा ७ मा भूमी तामाङ मुख्य प्रतिश्पर्धी रहनु भएको थियो ।
जिसस प्रमुख र उपप्रमुखमा चर्चामा रहेका वडा सदस्यमै पराजित
गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एसलाइ भागमा परेपछि सोहि पदको आकाँक्षा सहित चुनावी मैदानमा उत्रिएका दुई उम्मेदवार पराजित हुनु भएको छ । भागबण्डा अनुसार गराउन अब दुबै पार्टीले निर्वाचित अरु कोहिलाइ अघि सार्नुपर्ने भएको छ । माओवादीले जिसस प्रमुखमा सागरमणि गौतम र नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)ले सुनिता मादेनलाइ जिसस उपप्रमुखका रुपमा अघि सार्ने योजना रहेको बताइएको थियो । यसअघि जिसस प्रमुख रहिसकेर फेरी वडा सदस्यका लागि उम्मेदवारी दिनु भएका घनेन्द्र मादेन भने फेरी वडा सदस्यमा निर्वाचित हुनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts