ताप्लेजुङमा औसतमा ६४ प्रतिशत मतदान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख ३० । ताप्लेजुङमा औसतमा ६४ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले यो प्रारम्भिक तथ्याङ्क भएको भन्दै यर्थात बिबरण संकलन भइरहेको जानकारी दिएको छ ।

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकामा ६४ प्रतिशत मतदान भएको छ । आठराइ त्रिबेणी गाउँपालिका ६२ प्रतिशत,फक्ताङ्लुङमा ६६ प्रतिशत,मिक्वाखोलामा ६५ प्रतिशत,मेरिङ्देनमा ७१ प्रतिशत,मैवाखोलामा ६५ प्रतिशत मतदान भएको छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिकामा ६२ प्रतिशत मतदान भएको छ । सिदिङ्वा गाउँपालिकामा ६५ प्रतिशत र सिरिजङ्गामा ६२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । फक्ताङलुङ गाउँपालिकाको दुर्गम गाउँ ओलाङ्चुङगोलामा ८५ मत खसेको छ । त्यहाँ २ सय ६६ मत थियो । ६० मत रहेको याङ्मा गाउँमा १४ मत खसेको छ । १ सय ६६ मत रहेको घुन्सामा ८१ मत खसेको छ । ग्याब्लामा ३२ मत खसेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts