ताप्लेजुङको खोक्लिङमा एक युवक मृत फेला

ताप्लेजुङ,बैशाख २९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ दुम्जामा एक २५ बर्षिय युवक मृत भेटिएका छन् । स्काइभेटर चालक बिमल कार्की मतदानका लागि दोभानबाट खोक्लिङतर्फ जाने क्रममा मृत भेटिएका छन् । उनको मृत्यु कसरी भयो भन्ने बारेमा केहि खुलेको छैन । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले मृतक फेला परेको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले प्रहरी टोली घटनास्थलतर्फ गएको र त्यसपछि मात्रै घटनाको अन्य बिबरण प्राप्त हुने जनाउनुभयो ।

Similar Posts