ताप्लेजुङका मतगणनास्थलमा तारजालीको घेराबारा सहित सिसीक्यामेरा जडान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २७ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिकाको मतगणनाका लागि तारबार र सिसीक्यामेराबाट निगारानी गर्न सकिने गरी मतगणनास्थल तयार पारेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालत परिसरमा २ वटा मतगणनास्थल तयार भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिनुभयो । दुबै मतगणस्थलमा मतगणनाका लागि ग्याबिन जालीले बारेर भित्रपट्टी मतगणक बस्ने प्रवन्ध गरिएको छ भने तारजारी बाहिर उम्मेदवारका प्रतिनिधि बस्न प्रवन्ध गरिएको छ । गणक प्रवेश गर्नेद्धार आसपास सुरक्षाकर्मीले पहरा दिनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभरका ९ स्थानीय तहका मतगणनास्थलमा तारजाली वा डोरीको घेराबेरा गरेर मतगणनास्थल सुरक्षित गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सबै मतगणनास्थलमा कम्तिमा दुईक्षेत्रमा राखिएका सिसीक्यामेराबाट निगारानी गरिने छ भने बिद्युतको बैकल्पिक व्यवस्थाका लागि मतगणनास्थलमा कम्तिमा २–२ वटा चार्जेबल बत्ति(बिद्युत गएको बेला पनि बलिरहने बत्ति) जडान गरिने छ । प्रत्येक पालिकाको केन्द्रमा मतगणना गर्ने तयारी भएको छ ।
फोटो ः मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङमा तयार भएको मतगणनास्थल । यहाँ फुङ्लिङ नगरपालिकाको मतगणना गरिने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts