निर्वाचनको दिन प्रयोग गर्न पाइने सवारी साधनको अनुमति २८ गते भित्र लिइसक्नुपर्ने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २५ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले स्थानीय तहको निर्वाचनको दिन उम्मेदवार वा उम्मेदवारको प्रतिनिधि,पर्यबेक्षक र सञ्चारकर्मीहरुलाइ दिइने सवारी पासको मापदण्ड सार्वजनिक गरेको छ ।

जस अनुसार उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिलाइ मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको सिफारिसमा चारपाङ्ग्रे÷तीनपाङ्ग्रे÷दुईपाङग्रेमध्ये एउटा मात्र सवारी पास दिइने छ । राष्ट्रिय परीवेक्षकको हकमा निर्वाचन अधिकारीको सिफारिसमा प्रत्येक संस्थाका लागि चारपाङ्ग्रे÷तीनपाङ्ग्रे÷दुईपाङग्रेमध्ये दुईपाङग्रे दुईवटा र हलुका सवारी पास दुईवटा सम्मको सुबिधा उपलब्ध हुने भएको छ । संबैधानिक निकाय वा प्रादेशिक एवम् जिल्लास्थित कार्यालयहरुको हकमा प्रदेश÷जिल्ला निर्वाचन अधिकारीले सिफारिस गरेको आधारमा आवश्यकता अनुसार पास उपलब्ध हुने भएको छ ।

जिल्लास्थित सञ्चार माध्यमका लागि सञ्चार गृह वा जिल्लास्थित पत्रकार महासंघको कार्यालयको सिफारिसमा प्रत्येक संस्थालाई बढीमा ५ वटा सम्म सवारी पास उपलब्ध हुने भएको छ । निर्वाचन कार्यालयको हकमा निर्वाचन अधिकारीलाइ २ वटा सवारी साधन उपलब्ध हुने प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । प्रजिअ पोखरेलका अनुसार बैशाख २८ गते भित्र सवारी साधनको अनुमति माग गरिसक्नुपर्ने हुन्छ । प्रजिअ पोखरेलले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि सवारी आवागमन व्यवस्थापन सम्वन्धी मापदण्डमा रहेको व्यवस्था अनुसार मापदण्ड जारी गरिएको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts