स्थानीय तहको चुनावसंगै देशको नेतृत्व एमालेले लिने अवस्था देखियो ः नेता नेम्बाङ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २३ । नेकपा एमालेका उपाध्यक्ष एवम् संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले जनता आफुहरुसंग भएको र देशभर एमालेका पक्षमा जुरुक्कै उठेको माहोलले फेरी एमालेले मुलुकको नेतृत्व लिने अवस्था देखिएको बताउनु भएको छ ।

उहाँले पार्टी छाडेर जानेभन्दा बढी प्रवेश गर्नेहरु रहेको भन्दै एमाले पहिले भन्दा सुद्रिढ रहेको समेत दावी गर्नुभयो । नेकपा एमालेकातर्फबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा उम्मेदवार बनेकाहरुलाइ शुभकामना दिन आयोजित चुनावी सभालाइ शुक्रवार आम्बेगुदिनमा सम्बोधन गर्दै नेम्बाङले मेची महाकाली देशैभर एमालेको पक्षमा जनलहर देखिएको दावी गर्नु भयो ।‘हाम्रो पार्टीको यहिँ जनलहर देखेर आत्तिएकाहरुले बनाएको गठबन्धन निर्वाचन पछि आफैं शिथिल हुन्छ’उहाँले भन्नुभयो । जत्रो र जतिसुकै गठबन्धन भएपनि एमाले अझ सुद्रिढ र व्यवस्थित बनेर चुनावी मैदानमा होमिएको बताउँदै उहाँले बैशाख ३० गते पछि मुलुकको नेतृत्व फेरी एमालेले लिनेमा ढुक्क रहन कार्यकर्ताहरुलाइ आस्वास्त पार्नुभयो । जनताको मन एमालेको बीचार,राष्ट्रियताको भावना र कार्यशैलीले जितेको भन्दै यहिँ ओजका कारण आसन्न स्थानीय तहको निर्वाचनको नतिजामा एमाले अब्बल देखिने नेम्बाङको भनाइ थियो । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको नाम नलिइ तर उहाँरुप्रति लक्षित गर्दै नेम्बाङले भन्नुभयो ‘चुनाव पछि एमालेलाइ धुलो चटाउँछौं भनेर उहाँहरुले भनेको दिनदेखि मलाइ हाछियु आइरहेको छ’ ।‘मलाइ धुलोको एलर्जी छ,एमालेलाइ उहाँहरुले धुलो चटाउँछौं भन्नुुभएछ’उहाँले व्यंग गर्दै भन्नुभयो‘धुलो चाटिन्छ की भनेर उहाँहरु आफैंनै कसैको बैशाखी समाइरहनु भएको छ’ । बैशाखी समाए पनि बैशाख पछि कसैले पनि समाउन नसक्ने अवस्था बन्नसक्ने उहाँले नेपाल र खनाललाइ चुनौति दिनुभयो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संघीय सरकारका अर्थमन्त्री जर्नादन शर्मा र प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको सेटिङमा देशभर घोटाला भइरहेको आरोप लगाउनुभयो । गठबन्धन सरकारको मुख्य काम भनेकै देशको अर्थतन्त्र डामाडोल बनाउने मात्र रहेको उहाँको थप आरोप थियो । देशको अर्थतन्त्र टाट पल्टिएको,महंगी अचाक्ली बढेको,बैंकहरुमा आर्थिक तरलता कायम भएको,सात दिनमा एकपटक जनताले सहन नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको र खाने तेल लगायतका दैनिक उपभोग्य बस्तुमा देखिएको अचाक्ली मूल्य बृद्धिल जनतामा गठबन्धन सरकारबाट आस राख्न नसक्ने समेत बस्नेतले बताउनुभयो । कार्यक्रममा एमाले सचिव योगेशकुमार भट्टराई,पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो,अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धर,केन्द्रीय सदस्य टंक आङबुहाङ,पासाङ शेर्पा,उर्मिला थेबे,जिल्ला अध्यक्ष भूपेन्द्र थेबे लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts