वागी उम्मेदवार दिएको भन्दै काँग्रेस ताप्लेजुङद्धारा एक महाधिबेशन प्रतिनिधि सहित २२ जना साधारण सदस्यबाट समेत निष्कासित

ताप्लेजुङ,बैशाख १९ । नेपाली काँग्रेस ताप्लेजुङको अनुशासन समितिले स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार बिरुद्ध बिद्रोही(वागी) उम्मेदवारी दिएको भन्दै एक महाधिबेशन प्रतिनिधि सहित २२ जनालाइ साधारण सदस्य समेत नरहने गरी ५ बर्षका लागि निष्काशित गरेको छ ।
निष्काशित पर्नेमा महाधिबेशन प्रतिनिधि टिकेन्द्र नेपाली सहित २२ जना रहनु भएको छ । निष्काशनमा पर्नेमा आमन्त्रित जिल्ला सदस्य,क्षेत्रीय प्रतिनिधि,नगर सहसचिव,वडासभापति,काँग्रेसकोतर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्ष समेत रहनु भएको काँग्रेसले जनाएको छ । जिल्ला अनुशासन समिति संयोजक एवम् काँग्रेस जिल्ला सचिव नन्दकुमार ओझाद्धारा हस्ताक्षरित पत्रानुसार केन्द्रीय निर्देशन,काँग्रेसको बिधि बिधान,नियमावली र निर्णयको उल्लंघन गरेको भन्दै काँग्रेसको बिधान २०१७ को धारा ३४(४)को‘क’ बमोजिम आ–आफ्नो जिम्मेवारी पद र काँग्रेसको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको हो । पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङले पार्टी निर्देशन र बिधान बिपरित जाने उपर पार्टी कारवाही हुने प्रणालीलाइ पार्टीले बिधिवद्ध गरी गरेको जानकारी दिनुभयो ।