ताप्लेजुङमा आइतवार अपेक्षाकृत कम मात्र उम्मेदवारी दर्ता,अधिकाँस सोमवार दर्ता गर्ने तयारीमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ११ । स्थानीय तहको निर्वाचनका लागि मनोनयनको पहिलो दिन ताप्लेजुङमा आइतवार अपेक्षाकृत कमै मात्र दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएको छ ।

यो समाचार तयार पार्दा सम्म फुङ्लिङ नगरपालिकामा स्वतन्त्रबाट प्रमुख पदमा मिलन निरौला र उपप्रमुख पदमा मंगोल नेस्नल अर्गनाइजेसनबाट मोहन गुरुङले उम्मेदवारी दिनु भएको छ । उता फुनपा वडा नं १० लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट युवराज संग्रौलाले वडाध्यक्ष,राष्ट्रिय जनमुक्ति पार्टीबाट वडा नं १ का लागि २ जना वडासस्य र वडा नं ३ मा एकजनाले स्वतन्त्र रुपमा वडासदस्यको उम्मेदवारी दिनु भएको छ । यता मिक्वाखोला गाउँपालिकाका मंगोल नेस्नल अर्गनाइजेसनबाट अध्यक्षमा सागर शेर्पाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै मैवाखोला गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदमा बिजयप्रकाश वनेमको उम्मेदवारी परेको छ । सोहि गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा चन्द्र तामाङसहित अरु ४ जना सदस्यको समत उम्मेदवारी दर्ता भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाकामा एमालेकातर्फबाट अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्षमा रनमाया गुरुङ सहित ६ वडाका वडाध्यक्ष र सदस्य गरी ३२ जनाको उम्मेदवारी दर्ता भएको बुझिएको छ । तर निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता भइसकेको छैन । उम्मेदवारी दर्ताको नामावली जिल्ला निर्वाचन कार्यालयको सफ्टवेयरमा दर्ता हुने जारी रहेकोले सबै नामावली प्रबिष्ट भइ नसकेको र क्रमशःहुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिनुभयो ।

यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाका वडा नं २ थेचम्बुमा राप्रपाका दिलबिक्रम लिम्बूको उम्मेदवारी दर्ता भएको छ । सिदिङ्वा गाउँपालिकामा स्वतन्त्रबाट नन्दलाल गौतमले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । सिदिङ्वा गाउँपालिका वडा नं ७ मा बुद्धबिर तामाङले स्वतन्त्र रुपमा वडाध्यक्षमा उम्मेदवारी दिनु भएको छ भने वडा नं ६ मा राप्रपाबाट महिला सदस्यको उम्मेदवारी परेको छ । सिरिजङ्गा गाउँपालिका वडा नं ५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बूवान राज्य परिषद्का उदयकुमार लिङ्देनले वडाध्यक्षको उम्मेदवार दिनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सिरिजङ्गा गाउँपालिकामा वडा नं ५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बूवान राज्य परिषद्बाट सदस्य पदमा २ जनाले उम्मेदवारी दिएका छन् । सोहि पार्टीबाट सिरिजङ्घा गाउँपालिका वडा नं ६ मा समेत वडासदस्यमा २ जनाको उम्मेदवारी परेको छ । फक्ताङ्लुङ गाउँपालिकामा राप्रापाका ललितकुमार सुब्बाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको छ । अधिकाँस उम्मेदवारी सोमवार मात्र दर्ता हुने बताइएको छ । दर्ता भएका उम्मेदवारहरुको पूर्ण बिवरण समेत जिल्ला निर्वाचन कार्यालयमा संकलनको क्रममा रहेको र त्यसपछि सार्वजनिक हुने समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts