सेवाग्राहीबाट लिएको १ लाख ५० हजार अतिरिक्त रकम सहित ताप्लेजुङ मालपोल अधिकृत अख्तियारको नियन्त्रणमा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख ११ । जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख, मालपोत अधिकृत लेखा पनेरु महतलाइ अख्तियारको टोलीले सोवाग्राहीबाट लिएको १ लाख ५० हजार अतिरिक्त रकम सहित नियन्त्रणमा लिएको छ ।

बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्ता सहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लेनदेन गरेको अभियोगमा पनेरुलाइ अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । ‘सेवाग्राहीबाट लिएको अतिरिक्त रकम १ लाख ५० हजार रुपैंया सहित मालपोत अधिकृत पनेरुलाइ नियन्त्रणमा लिएको भन्ने जानकारी आएको छ’प्रवक्ता भण्डारीले भन्नुभयो । उहाँले थप बिषय पछि थाह हुने समेत बताउनुभयो ।

फुङ्लिङ वडा नं ४ को कोप्चेलाइन सहित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । गत साउन महिनाबाट चलेको यो प्रकृयाको कागजी प्रकृया भइसकेको र लेनदेनकै कारण सम्वन्धित धनीलाइ कागजात भने बुझाउन बाँकी रहेको अवस्थामा यो घटना भएको समेत अख्तियारले प्रारम्भिक जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts