एमालेद्धारा ताप्लेजुङका सबै स्थानीय तहमा निर्वाचनको प्रतिबद्धता पत्र सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख ९ । नेकपा एमालेले शुक्रवार ताप्लेजुङका सबै स्थानीय तहमा स्थानीय तह निर्वाचनको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

फुङ्लिङ नगरपालिकामा स्थानीय सरकारको ५ बर्षे समिक्षा समेत गरिएको थियो । एमालेका पालिकास्तरका कमिटीले आयोजना गरेको यो कार्यक्रममा पार्टीकातर्फबाट पालिकामा प्रतिश्पर्धी बन्ने प्रमुख पदाधिकारीले आफुहरुले अपनाउने कार्यक्रमको प्रस्तावित खाँका समेत प्रस्तुत गरेका थिए । फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले आफ्नो ५ बर्षे कार्यकालमा भए गरेका कार्यको समिक्षा गर्नु भएको थियो । अन्य स्थानीय तहहरुमा समेत पालिकाको नेतृत्वमा रहँदा भएगरेका कार्यको समिक्षा भएको थियो भने प्रतिपश्र्धा गर्ने क्रममा आफुले लिने मुख्य कार्यभार बारे समेत एमालेबाट पालिकाका प्रमुख पदाधिकारीका प्रतिश्धपर्धीले प्रारम्भिक खाँका समेत प्रस्तुत गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts