ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना,निर्वाचन अधिकृतको कार्यालय समेत आजै खुल्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख,बैशाख ८ । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा बिहीबार एक साथ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । फुङलिङमा रहने मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत परिसरमा खुलेको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस प्रकाश राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको शुभारम्भ गनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल,नेपाली सेनाको भीमकाली गुल्मका गुल्मपति प्रमुख सेनानी अदित श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी नायव उपरीक्षक)कैलाश राई,शसस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक रोशन बुढाथोकी,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी,कोष नियन्त्रक मदनकुमार पौडेल,मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोला र जिल्ला निर्वाचन अधिकारी दिनेश खनालको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत राउतले बिहीबार जिल्लाभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिनुभयो ।