|

‘रकमको मोलतोल वा प्रभावमा पारेर बृटिस आर्मी र सिगांपुर प्रहरी भर्ती हुन्न’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ बैशाख ६ । बृटिस आर्मी र सिगांपुर प्रहरी भर्तीका क्रममा‘रकमको मोलतोल हुन्छ’भनेर चलाइएको हल्ला सत्य नभएको भन्दै सम्वन्धित पक्षले क्षमता र योग्यताको आधारमा मात्र बृटिस आर्मी र सिगांपुर प्रहरी भर्ती हुने दावी गरेको छ ।

ताप्लेजुङको फुङ्लिङस्थित लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलमा अध्ययरत बिद्यार्थीहरुलाइ लक्षित गर्दै गोर्खा रिक्रुटिङ केन्द्र पोखराबाट आएका अधिकारीले सम्वन्धित व्यक्तिको योग्यता र क्षमतालाइ कुल्चिएर पैसा र प्रभावमा भर्ती नहुने बताउनुभयो ।‘कसैले यति पैसा लाग्छ र उतिपैसा लाग्छ भनेर हल्ला चलाएको छ भने त्यो बिश्वास नगर्नुहोस् र उसको पछि पनि नलाग्नुहोस्’बृटिस आर्मीका सेवानिवृत क्याप्टेन गणेशमान राईले भन्नुभयो । उहाँले यसरी हल्ला चलाएर कसैले आर्थिक प्रलोभनको शिकार बनाउन खोजेको भए त्यस्ता बिरुद्ध निगारानी र सर्तकता बढाउन आग्रह गर्नुभयो । बृटिस आर्मीमा बहालवाला क्याप्टेन रहेका गणेशमान गुरुङले चरण–चरणका प्रकृया पारगरेपछि मात्र बृटिस आर्मी र सिगांपुर प्रहरीमा भर्ती हुन सकिने भएकोले योग्यता र क्षमताबाहेक अरु केहि कारणले भर्ती हुन नसकिने बताउनुभयो । चिनजान,आफन्त,नातागोता,प्रभाव र रकमको लेनदेनबाट भर्ती हुने भन्ने बिषय सरासर झुुट र अफवाह मात्र भएको उहाँको भनाइ थियो ।

सिगांपुर प्रहरीबाट सेवा निवृत चिफ अफ इन्सपेक्टर देवेन्द्र राना मगरले बृटिस आर्मी र सिगांपुर प्रहरी भर्ती प्रकृयाको मार्गप्रसस्त उसको योग्यता र क्षमताले गर्ने प्रष्ट्याउनुभयो । उहाँले भर्ती छनौट प्रकृया पारदर्शी हुने र छनौटका क्रममा क्रस चेक समेत हुने भएकोले छनौट प्रकृया त्रुटी रहित हुनेमा बिश्वास दिलाउनुभयो । राष्ट्रिय सेवा दलको तालिमप्राप्त जनशक्ति समेत भएको स्थानको छनौट गरी लिटल बुद्धमा बृटिस आर्मी र सिगांपुर प्रहरी भर्ती प्रकृयाका बारेमा सम्वन्धित अधिकारीबाट अभिमुखीकरण गराइएको लिटल बुद्ध इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले बताउनुभयो । अभिमुखीकरणको क्रममा राई,गुरुङ र मगरले छनौट प्रकृयाको प्रारम्भिक तहदेखि अपनाउनुपर्ने बिधि र प्रकृया तथा छनौट भईसकेपछि हुने सेवा वृत्तिविकास सहितका समग्र बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बृटिस आर्मी ताप्लेजुङ–पाँचथरका गल्लावाल मुक्ति श्रेङचोङ्वाङ,फुङ्लिङ नगरपालिका वडा नं ५ का वडा सदस्य सुरेश सिंघक,प्याब्सन ताप्लेजुङका पूर्व अध्यक्ष इन्द्र गुरुङ,लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष कीर्तिमान मादेन सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts