ताप्लेजुङमा दलहरुले थाले पालिकाका प्रमुखहरुको उम्मेदवार चयन प्रकृया,कतै निर्वाचन, कतै सर्वसम्मत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत २४ । नेकपा एमालेले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार सर्वसम्मत चयन गर्दा नेपाली काँग्रेसले सिरिजङ्गा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचनमार्फत दुईजना चयन गरेको छ ।

एमालेले पाथीभरा याङ्वरक गाउँपालिकामा अहिलेकै अध्यक्ष र उपाध्यक्ष क्रमशःकेशरकुमार सुब्बा र रनकुमारी गुरुङलाइ चयन गरेको हो । एमाले ताप्लेजुङका उपसचिव एवम् प्रचार विभाग प्रमुख दीपेन पोमूले पाथीभरा याङ्वरक गाउँपालिकामा सर्वसम्मत रुपमा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन भएको जानकारी दिनुभयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सुब्बा र गुरुङ एमालेकोतर्फबाट क्रमशःपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । नेपाली काँग्रेसले भने सिरिजङ्गा गाउँपालिकामा अध्यक्ष पदका सम्भावित दुई उम्मेदवार निर्वाचनमार्फत चयन गरेको छ । उपाध्यक्ष पदका लागि २ चयन हुनु भएको छ ।

अध्यक्षमा काँग्रेसका प्रदेश १(क)का सभापति लक्ष्मीप्रसाद भट्टराई र पालिका कार्य समिति सभापति लालकृष्ण चौहान चयन हुनु भएको छ । भट्टराईले २६ र चौहानले २२ मत प्राप्त गरेको स्रोतले जनाएको छ । चौहान सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनका वडाध्यक्ष तथा सिरिजङ्गा गाउँ कार्यपालिकाका प्रवक्ता समेत हुन् । उपाध्यक्षमा पालिका उपाध्यक्ष ज्ञानमाया चौहान गौतम र सविता लिङ्देन चयन हुनु भएको छ । चौहान अहिले गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । अब काँग्रेस पार्टी कमिटीले छानिएका २–२ मध्ये १–१ जनालाइ अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाउने छ । यसैबीच ताप्लेजुङका ६१ वटा वडाका वडाध्यक्षका लागि समेत दलहरुले उम्मेदवार चयन गर्न थालेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts