|

ताप्लेजुङको उत्तरी हिमाली बस्ती ओलाङ्चुङगोलामा सेनाद्धारा स्वास्थ्य शिविर सञ्चालन

ताप्लेजुङ,चैत २१ । उत्तरी ताप्लेजुङको ओलाङ्चुङ्गोलाका स्वास्थ्य परीक्षण गराएका अधिकाँस स्थानीयमा ग्याष्ट्रिकको समस्या रहेको पाइएको छ । नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा तथा अन्र्तगतका फौजहरुबाट ओलाङ्चुङगोलामा सञ्चालित स्वास्थ्य शिविरमा परीक्षण गराएका अधिकाँसमा ग्याष्ट्रिकको समस्या पाइएको भीमकाली गुल्मले जनाएको छ ।

भीमकाली गुल्मका गुल्मपति सेनानी अदित श्रेष्ठले स्वास्थ्य परीक्षण तथा उपचारमा संलग्न चिकित्सकलाइ उधृत गर्दै परीक्षण गराएका अधिकाँसमा ग्याष्ट्रिकको समस्या रहेको पाईएको बताउनुभयो । स्वास्थ्य परीक्षणका क्रममा स्थानीय बासिन्दाको प्रयासमा लेकाली गोठमा रहने÷बस्ने नागरिकलाइ समेत उपस्थित गराइएको नेपाली सेनाले जनाएको छ । सदरमुकाम फुङ्लिङबाट करिव ९२ किलोमिटर दुरीमा रहेको ओलाङ्चुङगोलाका स्थानीयले लामो समय पछि मात्र आफुहरुले चिकित्सकको उपस्थितिमा स्वास्थ्य परीक्षण र उपचार गर्न पाएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए ।

उक्त स्वास्थ्य शिविरमा ४० पुरुष र ३३ महिला गरी ७३ जनाको स्वास्थ्य परीक्षण गरिएको समेत नेपाली सेनाले बताएको छ । सेनाको टोली नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमावर्ती क्षेत्र टिपताला सम्म पुगेको थियो ।

Similar Posts