उपमहासचिव ज्ञवालीको उपस्थितिमा एमाले ताप्लेजुङको अगुवा कार्यकर्ता भेला
ताप्लेजुङ,चैत १९ । नेकपा एमाले ताप्लेजुङले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा अगुवा कार्यकर्ता भेला गरेको छ । फुङ्लिङस्थित सामुदायिक भवन सिटीहलमा अगुवा कार्यकर्ता भेला गरेको हो ।
एमाले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ इञ्चार्ज तिलकुमार मेन्याङ्वो आउँदो स्थानीय तहको निर्वाचनमा लक्ष्य गरी अगुवा कार्यकर्ता भेला आयोजना गरेको जानकारी दिनुभयो । एमाले ताप्लेजुङका उपसचिव तथा प्रचार विभाग प्रमुख दीपेन्द्र पोमू(दीपेन)का अनुसार भेलालाइ पार्टीका उपमहासचिव ज्ञवाली,सचिव योगेशकुमार भट्टराई र पोलिटब्युरो सदस्य मेन्याङ्वोले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेलामा केन्द्रीय सदस्यहरु टंक आङबुहाङ,पासाङ शेर्पा र उर्मिला थेबे,प्रदेश कमिटीका सदस्यहरु,जिल्लाका पदाधिकारी तथा सदस्यहरु,पालिकाका पदाधिकारीहरु र जनवर्गिय संगठनका पदाधिकारीहरुको सहभागिता रहेको छ । नेपाली काँग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको उपस्थितिमा चुनावी सभाहरु धमाधम गरिरहेको छ भने माओवादी केन्द्र,जनता समाजवादी पार्टी सहितका यहाँका क्रियाशिल दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् ।