ताप्लेजुङको फुङ्लिङमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु,१ जना गम्भिर

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत १२ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १० मा शनिवार भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । अन्य १ जना गम्भिर घाइते छन् ।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नं ८ बस्ने २८ बर्षिय रुपेश राइ रहको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दाउरा लिएर सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुनपा १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना हुँदा रुपेशको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

घटनामा परी १ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइते हुनेमा बिशेष राइ रहेको प्रहरीले जनाएको छ । सामान्य घाइते अन्य २ जना प्राथमिक उपचार पछि घर फर्केको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts