ताप्लेजुङमा माग भन्दा अढाइ गुणा बढीले दिए म्यादी प्रहरी भर्नाका लागि आबेदन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत १२ । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा १ हजार ६ सय २ जनाले म्यादी प्रहरी भर्नामा आबेदन दिएका छन् । यो माग संख्याको अढाइ गुणा बढी हो ।

ताप्लेजुङका लागि ६ सय ४७ जना म्यादी प्रहरी माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार १ हजार २ सय ५५ पुरुष र ३ सय ४७ महिलाले म्यादी प्रहरीका लागि आबेदन दिएका छन् । यस्तै १ सय ५ पुरुष र २३ महिला गरी १ सय २८ जना पूर्व म्यादी प्रहरीले आबेदन दिएका छन् ।

२०७८ साल साउन १ गते देखि सुरक्षा निकायमा बिभिन्न पदमा भर्नाका लागि आबेदन दिइ शारिरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण समेत उर्तीण गरेका १५ जनाले समेत आबेदन दिएका छन् । यसरी आबेदन दिनेमा ११ पुरुष र ४ महिला रहेको समेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । पूर्व सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका २,नेपाली सेनातर्फका ४ र बिदेशमा काम गरेका १ जना पूर्व सुरक्षाकर्मीले समेत म्यादी प्रहरीमा आबेदन दिएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts