ताप्लेजुङमा दोस्रो दिन भित्रै ५ सय बढीले दिए म्यादी प्रहरीमा भर्ना आबेदन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत ८ । म्यादी भर्ना खुलेको दोस्रो दिन सम्म्मै ताप्लेजुङमा साढे ५ सयले आबेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार भर्ना खुलेको दोस्रो सम्ममै ५ सय १३ जनाले आबेदन दिएका छन् । माग पद संख्या भने ६ सय ६७ जना हो ।

अधिकारीका अनुसार आबेदन दिएका मध्ये ४२ पुरुष र १२ महिला गरी ५४ जना पूर्व म्यादी प्रहरी रहेका छन् । पहिलो दिन १ सय ४२ पुरुष र २८ महिला गरी १ सय ७० जनाले आबेदन दिएका थिए । दोस्रो दिन सम्ममा ३ सय ८१ पुरुष र १ सय ३२ महिलाले आबेदन दिएका छन् । अधिकारीले प्रहरी सहायक निरीक्षक(प्रसनि)उम्मेदवार १ जना र प्रहरी जवान उम्मेदवार ३ जनाले पनि आबेदन दिएका छन् । आबेदन दिने म्याद चैत ११ गते साँझ ५ बजे सम्म रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts