|

२०७४ सालमा ताप्लेजुङका कुन स्थानीय तहमा कति मत बदर भएको थियो ?

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ७ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी पूर्ण बदरमत मैवाखोला गाउँपालिकामा भएको थियो । मैवाखोलामा २.४९ प्रतिशत मत पूर्ण बदर थियो । त्यसपछि आठराइ त्रिबेणीमा २.२० प्रतिशत र पाथीभरा याङ्वरक गाउँपालिकामा १.४६ प्रतिशत मत बदर भएको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार मेरिङ्देन गाउँपालिकामा १.३३ प्रतिशत,सिदिङ्वा गाउँपालिकामा १.३० प्रतिशत, फक्ताङ्लुङ गाउँपालिकामा ०.९० प्रतिशत,सिरिजङ्गा गाउँपालिकामा ०.८८ प्रतिशत,मिक्वाखोला गाउँपालिकामा ०.४३ प्रतिशत र फुङ्लिङ नगरपालिकामा ०.२२ प्रतिशत मत पूर्ण रुपले बदर भएको थियो । ७० हजार ७ सय ७८ मतदाता रहेको उ बेला ५० हजार २ सय १६ मत खसेको थियो ।
२०७४ सालमा कुन स्थानीय तहमा कति प्रतिशत मत खसेको थियो ?
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मत सिदिङ्वा गाउँपालिकामा खसेको थियो । त्यहाँ ७३.७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयको अभिलेखबाट देखिन्छ । त्यसपछि मेरिङ्देन गाउँपालिकामा ७३.१६ प्रतिशत,फक्ताङ्लुङ गाउँपालिकामा ७२.५० प्रतिशत,फुङ्लिङ नगरपालिकामा ७१.४९ प्रतिशत र सिरिजङ्गा गाउँपालिकामा ७१.२३ प्रतिशत मत खसेको थियो । यस्तै मिक्वाखोलामा ७०.१० प्रतिशत,मैवाखोलामा ७० प्रतिशत,आठराई त्रिबेणीमा ६८.४० प्रतिशत र पाथीभरा याङ्वरकमा ६७.६८ प्रतिशत मत खसेको थियो ।
यस्तो थियो मतदाता शिक्षा क्रियाकलाप
जिल्ला निर्वाचन कार्यालयले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मतदातालाइ सहि तरिकाबाट मतदान गर्न सक्षम बनाउन र बदरमतको प्रतिशतलाइ शुन्यमा झार्न मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । जस अनुसार जिल्ला भरीका ५ स्थानमा नमूना मतदान गराइएको थियो । नमूना मतदानमा ४ सय १ जनाले सहभागिता जनाएका थिए । यस्तै १ सय ६ वटा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी ३ हजार ५ सय ९७ जनालाइ सहभागिता गराइएको थियो । सो बेला सडक नाटक समेतको कार्यक्रम तय भएपनि सो कार्यक्रम भने सम्पन्न हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै १० हजार ५ सय थान पोष्टर र १० हजार ६ सय ५० थान हाते पुस्तिका प्रकाशन गरी बितरण गरिएको थियो । २ हजार ८ सय थान मतदानका क्रममा अपनाइने रणनीति बारे बारम्बार सोधिने प्रश्नहरुको उत्तर खोज्ने कार्यक्रम समेत सञ्चालन भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts