|

सकियो दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता,९ गतेबाट मेयर कप भलिबल हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ६ । जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङको आयोजनामा फुङ्लिङमा सञ्चालित दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सकिएको छ ।

महिला डबलतर्फ नुमा लिम्बू र सरुना गुरुङको टोली बिजेता बन्यो । मनिता गुरुङ र मिङ्माडोमा शेर्पाको जोडी उपबिजेता भयो । बिजेता टोलीले नगद १२ हजार र उपबिजेताले नगद ८ हजार रुपैंया सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै भेट्रान डबलतर्फ काजीमान गुरुङ र भुपाल राना मगरको जोडीले राम नेयोङ र बालाहाङ यक्सोको जोडीलाइ पराजित ग¥यो । बिजेता गुरुङ र राना मगरको जोडीले नगद १५ हजार तथा नेयोङ र यक्सोको जोडीले नगद १० हजार रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै सिनियर‘ए’तर्फ दीपेन गुरुङ र प्रेम लिम्बूको जोडी बिजेता हुँदा सोजित श्रेष्ठ र बसन्त गुरुङको जोडी उपबिजेता बन्यो । बिजेता टिमले नगद २० हजार तथा उपबिजेता टिमले नगद १५ हजारका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला ब्याडमिन्टन संघका कार्यवाहक अध्यक्ष सुरेश सिंघकले जानकारी दिनुभयो । यस्तै जुनियर ‘बी’तर्फ नन्दु बानिँया र खेगेन गुरुङको जोडी बिजेता बन्यो । राम नेयोङ र बालाहाङ यक्सोको जोडी उपबिजेता बन्यो । बिजेता टिमले नगद १५ हजार तथा उपबिजेता टिमले नगद १० हजार रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

पालिका कर्मचारीतर्फ पाथीभरा याङ्वरक गाउँपालिकाका केशव पौडेल र शिव काम्वाङको जोडी बिजेता बन्दा मिक्वाखोला गाउँपालिकाका गजेन्द्र थलङ र चन्द्र साँवाको जोडी उपबिजेता बन्यो । बिजेता टिमले नगद १५ हजार तथा उपबिजेता टिमले नगद १० हजार रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । खुल्ला महिला एकलतर्फ बिनिता तामाङ बिजेता र यसोदा सुनुवार उपबिजेता हुनुभयो । बिजेता तामाङले ५ हजार तथा उपबिजेता सुनुवारले ४ हजार रुपैंयाका ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । १७ बर्ष मुनिको पुरुषतर्फको खेलमा लिटलबुद्धका रिवास गुरुङ उत्कृष्ट बने । यस्तै १२ बर्ष मुनिको पुरुषतर्फ मेची सेन्टमेरिजका प्रितम पौडेल र महिलातर्फ ताप्लेजुङ सिद्धार्थ एकेडेमीका निसु गुरुङ उत्कृष्ट बन्नुभयो । धनकुमारी लिम्बूले महिलातर्फ उत्कृष्ट र मिलन गुरुङ पुरुषतर्फ उत्कृष्ट खेलाडी बन्न सफल हुनुभयो । उत्कृष्ट हुने सबैलाइ मायाको चिनो प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका बिजेताहरुलाइ फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,उपप्रमुख बमबहादुर भट्टराई(तारा),प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल र जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सिंघक लगायतले पुरस्कार,ट्रफी,मेडल र प्रमाणपत्र बितरण गर्नु भएको थियो । चैत ९ गतेबाट मेयरकप भलिबल प्रतियोगिता भानुजन माविको खेल मैदानमा सुरु हुँने फुङ्लिङ नगरपालिकाले जनाएको छ ।

Similar Posts