| |

होली पर्वलाई मर्यादित बनाउन प्रशासनको आग्रह, जताभावी रङ हान्नेलाई कारबाही हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २ ।
ताप्लेजुङस्थित जिल्ला प्रशासन कार्यालयले होली पर्वलाई मर्यादित बनाउन सबैसँग आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले एक सूचना जारी गर्दै रङको पर्व होली (फागु पूर्णिमा) लाई मर्यादित रुपमा हर्षोल्लास साथ मनाउन सबैमा आग्रह गर्नुभएको छ ।
प्रजिअ पोखरेलले सूचनामार्फत होली मनाउने नाममा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, मादक तथा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाउने जस्ता कार्य नगर्न आग्रह गर्नुभएको छ । यस्तै सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने र कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कुनै क्रियाकलाप नगर्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई होली पर्व हर्षोल्लासका साथ मनाउन पनि सर्वसाधारण सबैलाई अनुरोध गरेको छ । यता निषेधित उछृङ्खल र अवाञ्छित क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुनेतर्फ सचेत गराइएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गरेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts