|

मेरिङ्देन अध्यक्ष कपको उपाधि सान्थाक्रा र लिङ्तेपलाई

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २९ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका अध्यक्ष रनिङ कपको उपाधि सान्थाक्रा र लिङ्तेपले जितेको छ । वडास्तरीय अध्यक्ष कपअन्तर्गत खेलाइएको भलिबल, फुटबल र ब्याडमिन्टन विधामा अन्य वडालाई पछि पार्दै सान्थाक्रा र लिङ्तेपले उपाधि जितेका हुन् ।
मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राले ३–० को सोझो सेटमा लिङ्तेपलाई पराजित गर्दै भलिबल उपाधि जितेको हो । फुटबलतर्फ लिङ्तेपले सान्थाक्रालाई ट्राइबेकरमा ४–३ गोलअन्तरले हराउँदै उपाधि जितेको छ । यस्तै मेरिङ्देन गाउँपालिका–६ नाल्बुलाई १–० गोलअन्तरले पराजित गर्दैै महिला फुटबलतर्फको उपाधि सान्थाक्राले जितेको छ ।
भलिबल, पुरुष तथा महिला फुटबलका उपाधि बिजेताले समान ४५ हजार रुपियाँ नगद पुरस्कार पाएका छन् भने उपविजेताले पनि समान ३५ हजार रुपियाँ नगद पाएका छन् । विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको छ ।
त्यस्तै ब्याडमिन्टन सिनियरतर्फ ज्ञानु तेम्बे र उदय यादवको जोडी प्रथम भएको छ । विकास मोक्तान र रमेश चोङ्बाङको जोडी द्वितीय बनेको छ । प्रथम र द्वितीय बनेका ब्याडमिन्टन खेलाडीलाई क्रमशः १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
गएको बुधबारदेखि सुरु भएको वडास्तरीय मेरिङ्देख गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन प्रदेश १ का उद्योग श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा छ वटै वडाले सहभागिता जनाएका गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts