| | |

जनसाँस्कृतिक महासंघ ताप्लेजुङमा निरौला

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन २३ । नेकपा एमाले निकट राष्ट्रिय जनसाँस्कृतिक महासंघ ताप्लेजुङमा नयाँ नेतृत्व चयन भएको छ ।

आठौं जिल्ला अधिबेशनले हेमराज निरौला अध्यक्ष रहेको ३३ सदस्यीय जिल्ला कार्य समिति चयन भएको नेकपा एमाले ताप्लेजुङका उपसचिव दीपेन्द्र(दीपेन)पोमूले जानकारी दिनुभयो । जनसाँस्कृतिक महासंघ जिल्ला कमिटीको उपाध्यक्षद्धयमा जुना आङ्बुहाङ र नवीन लामगादे,सचिवमा पब्लिक गुरुङ,सहसचिवमा रोहित लिम्बू र कोषाध्यक्षमा लिला सुनुवार रहनु भएको छ ।

उपसचिव पोमूको बिशेष उपस्थितिमा भएको भेलामा जनसाँस्कृतिक महासंघका अगुवा एवम् फुङ्लिङ नगर कमिटी अध्यक्ष भरतकुमार गुरुङ,एमाले जिल्ला सदस्य तथा फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझा लगायतको उपस्थिति रहेको एमाले ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts