| |

पाथीभरा क्षेत्रमा बन्ने केलवकार सहितको संरचना निर्माण पूर्व आफ्ना माग पूरा गर्न मुकुम्लुङ संयुक्त संघर्ष समितिको माग

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन २२ । मुकुम्लुङ संयुक्त संघर्ष समितिले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सहितका कुनैपनि संरचना निर्माण वा त्यस क्षेत्रमा कुनैकाम गर्नुपूर्व सम्वन्धित पक्षले पूरा गर्नुपर्ने दायित्व अवधारणाको रुपमा अघि सारेको छ ।

संघर्ष समितिले आइतवार पत्रकार सम्मेलनमार्फत पाथीभरा क्षेत्रमा केवलकार सहितका कुनैपनि संरचना निर्माण वा त्यस क्षेत्रमा कुनैकाम गर्नुपूर्व सम्वन्धित पक्षले पूरा गर्ने दायित्व बारे संघर्ष समितिको धारणा अघि सारेको हो । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक श्री लिङ्खिमद्धारा हस्ताक्षरित विज्ञप्ती अनुसार धार्मिक स्थल मुकुम्लुङ(पाथीभरा)लाइ मौलिक,ऐतिहासिक,पौराणिक दृष्टीले मुन्धुमी नाम मुकुम्लुङ राखिनुपर्ने,नेपाल सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेज गरी स्थानीय रैथाने आदिवासी अधिकारवालाहरुको सहमति,नेतृत्व र संलग्नतामा मुकुम्लुङ क्षेत्र विकास समिति गठन गनुपर्ने माग गरिएको छ । यस्तै सरकारले मुकुम्लुङ क्षेत्रमा कुनैपनि निर्माण कार्यका लागि कम्पनीसंग गरेको सम्झौता खारेज गनुपर्ने र रैथाने याक्थुङ लिम्बूहरुको साँस्कृतिक र मुन्धुमी आधारमा मुकुम्लुङको विकास,संरक्षण,सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने अवधारणा अघि सारिएको संयोजक लिङखिमले जानकारी दिनुभयो ।

संघर्ष समितिले मुकुम्लुङ क्षेत्रको मौलिकता र साँस्कृतिक महत्व माथिको आक्रमणका बिरुद्ध सम्मानित सर्बोच्च अदालतमा रिट दायर गरेको र त्यो रिट बिचाराधीन रहेको अवस्थामा थप अतिक्रमण बाञ्छनिय नहुने दावी गरेको छ । समितिले मुकुम्लुङ(पाथीभरा) माथि साँस्कृतिक अतिक्रमण भइरहेको भन्दै त्यस क्षेत्रको मौलिकता र साँस्कृतिक महत्व कायम राख्न अपिल समेत गरेको छ । अदालतमा मुद्दा बिचाराधिन अवस्थामा रहेको र सम्वन्धित समुदायको विश्वास र आस्थाको संरक्षण गर्नुपर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय नियम कानुनका आम व्यवस्था रहेकोतर्फ समेत संर्घष समितिले सबैको ध्यानाकृष्ट गराएको छ । संघर्ष समितिले आइतवार नै आफ्नो अवधारणा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष पेश गरेको समेत जनाएको छ । केहिदिन अघि मात्र पाथीभरा देवी दर्शन केबुलकार प्रालिले पाथीभरा क्षेत्रमा करिव ३ अर्वको लगानीमा केबलकार निर्माण प्रकृया थाल्ने भन्दै सरोकारवालालाइ परियोजनाका बारेमा जानकारी गराएको थियो ।‘हामीलाइ सोहि कार्यक्रममा आउनुहोस् भनेर भनिएको थियो’संघर्ष समिति संयोजक लिङ्खिमले भन्नुभयो‘हामीले आफ्नो धारणा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौं भनेका थियौं,जुन हामीले आज ग¥यौं । ’

अरुलाई पनि शेयर गरौ !

Similar Posts