| |

माओवादी केन्द्र ताप्लेजुङ संयोजकमा हाङ्बाङ

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २१ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङ जिल्ला संयोजकमा बिष्णुकुमार हाङ्बाङ (बिरु) चयन हुनुभएको छ । जुझारु युवा नेताका रुपमा परिचित हाङ्बाङलाई पार्टीले भर्खरै जिल्ला समन्वय समिति संयोजकको जिम्मेवारी दिएको हो ।
माओवादी पार्टीको ताप्लेजुङ जिल्ला संयोजकको जिम्मेवारी पाएसँगै हाङ्बाङले सांगठानिक मर्यादाभित्र रहेर आफ्नो जिम्मेवारीलाई पूरा गर्ने उल्लेख गर्नुभएको छ । सबै नेता, कार्यकर्तामा समान दृष्टिकोण राख्दै कसैमाथि विभेदपूर्ण व्यबहार नगरी सामुहिक नेतृत्वको भूमिका निर्वाहको पहल गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनुभएको छ । पार्टीलाई बलियो र मजबुद बनाउन रचनात्मक सहयोगको आवश्यक रहने उल्लेख गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुक समक्ष सहयोग गर्न अनुरोध पनि उहाँले गर्नुभएको छ ।
माओवादी केन्द्रले हाङ्बाङलाई जिल्ला संयोजकको जिम्मेवारी तोकेसँगै अन्य जिम्मेवारी तथा कार्यविभाजन पनि टुंगो लगाएको छ । जसअनुसार निवर्तमान जिल्ला संयोजक विजयप्रकाश वनेम, लक्ष्मी अन्छङ्बो (आवाज) र मिङमाडण्डु शेर्पाले जिल्ला सहइन्चार्जको जिम्मेवारी पाउनुभएको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्र ‘क’ इन्चार्जमा सागरमणि गौतम र निर्वाचन क्षेत्र ‘ख’ को इन्चार्जमा दावाछिरिङ शेर्पा (विशालु) ले जिम्मेवारी पाउनुभएको छ ।
यसैगरी स्थानीय तहस्तरमा फुङ्लिङ नगरपालिका इन्चार्जमा बमबहादुर भट्टराई (तारा), पाथीभरा याङ्वरक गाउँपालिका इन्चार्जमा ठाकुरसिंह साम्सोहाङ, सहइन्चार्जमा कुमार मेन्याङ्बो र रमेश राई (रसिक), सिदिङ्वा गाउँपालिका इन्चार्जमा जीवनकुमार ताम्लिङ, आठराई त्रिबेणी इन्चार्जमा मणि सेम्बु, मिक्वाखोला गाउँपालिका इन्चार्जमा खड्ग साँबा (उजाड) चयन हुनुभएको छ ।
त्यस्तै मेरिङ्देन गाउँपालिका इन्चार्जमा देउप्रसाद नाल्बो र सहइन्चार्जमा अमरनन्द खाती, सिरिजङघा गाउँपालिका इन्चार्जमा मदनकृष्ण दाहाल, सहइन्चार्जमा राजकुमार लिम्बू (सिक्कुम), मैवाखोला गाउँपालिका इन्चार्जमा पर्शुराम थोप्रा, सहइन्चार्जमा मंगलसिंह दर्नाल (सन्तोष), फक्ताङ्लुङ गाउँपालिका इन्चार्जमा मानबहादुर कार्की र सहइन्चार्जमा नेत्र पौडेलले जिम्मेवारी पाउनुभएको छ । जिल्ला इन्चार्जको जिम्मेवारीमा भने यसअघिदेखि नै खेलप्रसाद बुढाक्षेत्री (पराग) रहनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts