|

निजामति कर्मचारी संगठन ताप्लेजुङमा थापा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन २१ । नेपाल निजामति कर्मचारी संगठन ताप्लेजुङको ११ औं जिल्ला अधिबेशनले दुर्गाप्रसाद थापा अध्यक्ष रहेको १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षद्धयमा रञ्जना तामाङ र भानुभक्त श्रेष्ठ,सचिवमा दीपक भट्टराई,सहसचिवमा ललितकुमार नाल्वो र कोषाध्यक्षमा रमेश गुरागाँइ चयन हुनु भएको छ । अधिबेशनमार्फत प्रशान्त खतिवडा,अनिता बयलकोटी,सुमन खालिङ,मनकुमारी कार्की,सीता जोगी,पवन भट्टराई,शंखर राउत,सचिन रेग्मी र बिशाल सिग्देल सदस्यमा चयन हुनुभएको छ । अधिबेशनले बिजय गोठाले गौतम,बिपिन दुलाल,लक्ष्मीमाया वनेम र कमला गौतमलाइ केन्द्रीय महाधिबेशन प्रतिनिधि तथा लोकेन्द्र बुढाथोकी र निकेश भट्टराई प्रदेश प्रतिनिधि चयन गरेको निजामति कर्मचारी संगठनले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts